Sunday, 31 May 2009

यसरी कुटेछन शान्ताबिनोदलाई

विज्ञप्ती हिंस्रक, अराजक, जङ्गली प्रवृतिको घोर विरोध गरौं, प्रजातान्त्रिक मूल्य र मान्यता बचाऔं । आदरणीय प्रजातन्त्रवादी दाजुभाई तथा दिदीबहिनीहरु अग्रजहरु, नेपली जनसम्पर्क समिति बेलायतका पदाधिकारीहरु, शुभेच्छुकहरुमा जयनेपालको अभिवादन । मुलुकमा माओवादीको राक्षसीपनले नेपाली कााग्रेसका तमाम कार्यकर्ताहरुलाई सांघातिक आक्रमण गरेको कुरा त दिनहुा सुनिन्छ । तर बेलायत मै नेपाली कााग्रेसको खोल ओढेर कार्य समितिको साथीलाई साघातिक आक्रमण गरेको कुराले पक्कै पनि यहााहरुलाई अचम्म तुल्याउला, जुन घटना गत २४ मे आइतबारका दिन म माथि घट्या । गत मे २४ तारिख २००९ आइतबारका दिन नेपाली जनसम्पर्क समिति बेलायतका सभापति श्री विनोद मोक्तानजीले बोलाएको आकस्मिक बैठकमा म र अर्का सदस्य मित्र प्रवेश के.सी.ज्यू अलिक ढिला पुग्यौं । त्यस अगाडि नै २ वटा निर्णय भईसकेको रहेछ । सो बारेमा जिज्ञासा राख्दा निर्वाचन समिति र अधिवेशन स्थलको निर्णय भएको जानकारी पाइयो र मैले निर्वाचन समितिका डा. सम्पूणर्ानन्द ढुङ्गाना र महेश दाहाल अनि एक जना अर्को व्यक्तिको नाम राखेको थाहा पाएा । डा. ढुङ्गाना, महेश दाहाल र चिरञ्जीवी ढकाल यस अघिको निर्वाचन समितिमा पनि हुनुहुन्थ्यो । त्यसैले मैले चिरञ्जीवी ढकालको नाम थप्न अनुरोध गरे । मेरो आशय के हो भने पार्टी भित्र परिचित र नाम चलेका व्यक्तिहरु पक्कै पनि जिम्मेवार हुन्छन् र त्यसो भयो भने सामान्य कााग्रेसी कार्यकर्ताले पनि निर्वाचन स्वच्छ हुने आशा राखेको हुन्छ । विनोद मोक्तानजीले चिरञ्जीवी ढकाल विवादास्यद हुनुहुन्छ । त्यसैले नराखौं भनेपछि मैले विवादमा को परेको छैन । तपाई र विज्ञान प्रसाइज्यूको विवादले अल्पाविधिमा निर्वाचन हुन बाध्य भएको छ र त्यसको लागि आज बैठक बस्दैछौं । चिरञ्जीवीले त पार्टीलाई ठूलो गुण लगाउनु भएको छ । त्यसैले पार्टी केन्दि्रय कार्यालयबाट पनि उहाको नाममा आर्थिक सहयोगका पत्रहरु आएका छन भने । त्यस पछि उहा चुप लाग्नु भयो र चिरञ्जीवीलाई सोध्नका लागि फोन गरियो । उहाको फोन उठेन । हुनसक्छ वा ड्राइभमा हुनुहुन्थ्यो होला । त्यस पछि शेर बहादुर सुनारलाई सोधियो । उहा नबस्ने भने पछि विश्व आदर्श पण्डित दाजुको नाममा सहमति गरिएर निर्णय गरियो । दोश्रो निर्णय गरिएको रहेछ, अधिवेशन स्थलको : अघिवेशन स्थल हयारोमा राखिएको रहेछ जुन अध्यनका उम्मेद्वार द्वय विज्ञान प्रसाईज्यू र विनोद मोक्तानज्यूको घरे नजिक पर्ने रहेछ । मैले सो को कारण जान्न चाहे । उहाहरुले सेन्टर भएकोले गरेको भन्नु भयो । सबैलाई विदितै कुरा हो हयारो जाने ५ को पुछारमा पर्छ र लण्डनको उत्तर पश्चिममा छ । व्यक्तिगत रुपमा मेय लागि खासै टाढा होइन । तर फोक्सटन देखि र फार्नवाटो, वेल्सबाट आउादा सेन्टर हुादैन । अनि मैले सेन्टर लण्डनमा खोजौ न त भने साथै हयाण्उसायर नेपाली जनसम्पर्क समितिले केन्द्र समक्ष राखेको अनुरोध दोहार्‍याए । त्यो के भने हयाण्यसायर समितिले निर्वाचन स्थलको पैसा र सम्पूर्ण सहभागीहरुलाई खानपीनको व्यवस्था गर्ने जिम्मा लिएका थिए । मैले कार्य समितिमा हाम्रो क्षेत्रीय शाखाहरु साउथ, इष्ट रेडिङ्ग र फार्नबोटो जुनकुनैले यस्तो अफर गरे पनि हामीले गर्वका साथ स्वीकार्नु पर्ने र उनीहरुलाई धन्यबाद दिनु पर्ने तर्क राखे त्यस्तै प्रस्ताव प्रवेश के.सी.ज्यूले पनि राख्नु भयो । यसै विचमा मैले काग्रेसका आदरणीय नेता डा. रामशरण महतले चिरञ्जीवी ढकालज्यूको नाममा -चिरञ्जीवी ढकालज्यू नेपाली जनसम्पर्क समिति बेलायतका आर्थिक संयोजक हुनुहुन्छ र उहाले व्यक्तिगत रुप मै सांसलिष्ट इन्टरनेशनलमा नेपाली कााग्रेसको सदस्यता नवीकरण गर्न हजारौ पाउण्ड चन्दा दिनु भएको छ ) वी.पी. स्मृति भवन -नेपाली कााग्रेसको केन्दि्रय कार्यालय) को निर्माण समापनको लागि बेलायत काग्रेसलाई आर्थिक सहयोगको अनुरोध गर्नु भइको छ । यही अधिवेशनको खर्च जोगियो भने पार्टीलाई सहयोग गर्नु पनि हुने र २ वर्ष देखि सासलिष्ट इन्टरनेशनलको सदस्यता नविकरण शुल्क तिरिएको छैन । त्यो पनि तिर्न हुन्छ । त्यसैले साथीहरु सच्चा नेपाली काग्रेस भएर एक पटक सोचौ भने । नेपाली काग्रेसलाई आवश्यक परेको समयमा सहयोग गर्न हिचकिच्याउनु हुादैन र यो सबै काग्रेसको दायित्व हो भने । आगामी अधिवेशनमा हल र खानपीन गर्दा अनुमानित ७, ८ हजार खर्च हुने देखिन्छ । त्यसैले त्यो रकम बचाऔं र पार्टीमा -पार्टी भवन) लगाऔं भन्ने तर्क राख्दा विज्ञान प्रसाईज्यूले पैसा मात्रै ठूलो कुरा होइन । हल हयारामा नै हुनु पर्छ भन्नु भयो । मैले त्यसो भए तपाईले हलको र खानपीन व्यवस्था गर्न सक्नुहुन्छ भन्दा नाजावाफ हुनुभयो । बरु उल्टै हामीलाई सधैं पेल्ने, आइज लडौं भनेर जुरुक्क उठेर जुत्ता खोल्नु भयो, ज्याकेट खोलेर मिल्काउनु भयो र बाहुला सुर्कदै म तिर मुक्का देखाउादै नजिक आउनु भयो । मैले वहाालाई म नेपाली कााग्रेस हुा, वी.पी.वाद अवलम्वन गर्छु, विचारमा विश्वास राख्छु लडाईमा होइन, बस्नुस् चित्त नबुझेका कुरा विस्तारै भने पनि हुन्छ भनेको थिए । तर उहाको पाटा हेर्दा हामी सबैलाई आश्चार्य चंकित बनायो । मलाई त लाग्यो उहाको मानसीक सन्तुलन विग्रेछ कि क्या हो ? अचम्मै भयो । एक छिन पछि उहालाई लाज लागेछ क्यारे बस्नु भयो । म अगाडि भन्दै गएा । निर्वाचन, अधिवेशन स्थल एक ठाउमा गरौ तर मतदान केन्द्र हाम्रा क्षेत्रीय समितिहरु भएका ठाउमा सबै पक्षका प्रतिनिधि राखेर गरौ । निर्वाचनमा हार र जीत त हुन्छ नै तर कार्य समितिमा भएको नाताले सक्दो प्रजातान्त्रिक र विकेन्दि्रकरण गरौ भने । यति कै मा विनोद मोक्तानज्यूले म सभापति हुा मैले भने पछि भइहाल्यो नी भन्नु भयो । त्यसको मैले प्रतिवाद गरे । तपाईको घोर अप्रजातान्त्रिक शैलीले गर्दा त संगठन छिन्न भिन्न भयो नि कार्य समितिको सार्वभौमसत्ता हुनुपर्छ । अध्ययनको हैकमका बेला गइसके भनेर प्रतिवाद गरे । बैठक अगाडि बढ्ने नदेखे पछि अर्को बैठक बोलाउने कुरा भयो । मैले विनोदजीलाई अधिवेशन एकदम नजिक छ ढिला भईसक्यो । काम गर्नेलाई टाइम हुनु पर्‍यो भने तर उहाले मैले भनेपछि भयो नि जस्तो सुगा रटाई गर्नु भयो । यसरी कुरा हुादै हामी सबै पार्कको गेटमा आइपुगेका थियौं । मैले सभापति महोदयको एकलौटी र तानाशाही प्रवृत्तिको विरोध गर्दै थिए एक्कासी विकास देवकोटाजीले मलाई छातीमा घुस्सा प्रहार गर्नु भयो म पछाडी धकेलिए चस्मा खस्यो र फुट्यो । झोक त मलाई बेसरी उठ्यो तर आफूलाई सम्हाले, कााग्रेस हुा, शान्तिवादी, अहिंसावादी हुा भन्ने कुरालाई विचार गरे । उहा अझै लड्ने मनस्थितिमा हुनुहुन्थ्यो । मित्रहरु महेश दाहाल, प्रवेश के.सी., शिव तिमिल्सीना, नारायन ज्ञवालीले छुटाउनु भयो । विज्ञानजी अझै विकासजीलाई डक्याउादै झगडा गर्न आउनु भयो । सभापति महोदय लुसुक्क एकातिर लाग्नु भयो । त्यही बेला वहाालाई लागेन छ क्यारे म जनसम्पर्क समितिको जिम्मेवारी बहन गरेको व्यक्ति हुा भन्ने । हुन त कहिले नै उहाले सोच्नु भएको छ त ? पछि उहााहरु विज्ञानजी विकासजी, अजयजी र विनोद मोक्तानजी संगै कता लाग्नु भयो । बाकी साथीहरुले घोर अन्याय भयो । यसको बदला लिनु पर्छ भन्नुभयो । यिनीहरुलाई कारवाही गर्नु पर्छ भन्नुभयो । यसरी म माथि भएको आक्रमणको म घोर निन्दा गर्न चाहन्छु र विज्ञान प्रसाई र विकास देवकोटा माथि अनुशासनको कारवाही शिघ्र-शिघ्र होस् र २ वर्षको लागि पार्टी सदस्यताबाट निलम्बन गरियोस् भन्ने माग राख्दछु । यो मण्डले र माओवादी प्रवृत्तिको आक्रमणको सम्पूर्ण प्रजातन्त्रवादीहरुले घोर विरोध गर्नु पनि अनुरोध गर्दछु ताकी काग्रेसी खोल ओढेको यस्तो माओवादी र जङ्गली प्रवृत्ति पुन नदोहोरियोस् अन्तमा नेपाली जनसम्पर्क समिति बेलायतलाई संगठित अनुशासित पुर्ण प्रजातान्त्रिक, आर्थिक पारदर्शी बनाई सम्पूर्ण बेलायतबासी काग्रेसको भावना र नेपाली काग्रेसको मूल्य र मान्यतालाई अङ्गीकार गर्ने सच्चा, इमान्दार र सक्षम व्यक्तित्वहरुलाई चयन गर्नका लागि आगामी महाधिवेशनमा सक्रिय सहभागी भई दिनु हुन तमाम दाजुभाई, दिदीबहिनीहरुलाई आव्हान गर्दछु । साथै मलाई फोन, इमेल, टेक्स्टबाट सम्पर्क गरी मनोवल बढाइ दिनु भएको र उक्त साघातिक आक्रमणको विरोध गर्नु भएकोमा सम्पूर्ण अग्रज दाजुभाई, दिदीबहिनीहरुलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु । जय नेपाल । तपाईहरुकै शान्त विनोद लामिछाने नेपाली जनसम्पर्क समिति, बेलायत