Tuesday, 14 April 2009
सभ्य समाजमा गुण्डा गर्दी
सभ्य समाजमा गुण्डा गर्दी
यति नेपाली एसोसियसन बेलायतले विगत ६० वर्षदेखि मनाउँदै आएको नयाँ वर्षसम्बन्धी विशेष कार्यक्रम नगर्न संस्था विरोधी कुत्सित तत्वबाट अकर्मणको धम्कीका बावजुद पनि भव्य तयारी भइरहेको छ । आगामी १२ तारिकमा आयोजित कार्यक्रमको तयारी गरिएको भए पनि सुरक्षाका कारणले कार्यक्रममा नजान भन्दै समाजलाई आतंकित पारिंदै छ । सो कार्यक्रममा बालबच्चा र बुढाबुढी समेतको सहभागिता हुने र भब्य उपस्थिति हुने सम्भवना रहेको र कार्यक्रम भब्य हुने डरले विरोधीहरुले आक्रमणको धम्की दिएको बुझिएको छ ।
यति नेपाली एसोसियसनका जिम्मेवार पदाधिकारीमाथि शारीरिक आर्कमण हुन सक्ने धम्की समेत दिइएको छ । यस्तो धम्कीपत्र बेलायतबाट प्रकाशीत पत्रपत्रिका र स्वय एसोसियसनलाई प्राप्त भएको छ । सो पत्रमा प्रमुख राजनीतिक दलका नेता, व्यापारी तथा सर्वसाधारणहरुको हस्ताक्षर गरेको भन्दै नाम लेखिएको छ । सो कार्यक्रममा कथमकदाचित कुनै अप्रीय घट्ना घटेमा सो धम्कीपत्रमा नाम हुनेहरु अवश्य वेलायती कानुनको दायारा भित्र पर्ने छन् । एसोसिएसनले सबै सदस्यहरुलाई धैर्य गर्दै आगामी १२ तारिक हुने कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गरेको छ ।
२३ औ कार्यसमितिका अध्यक्ष पदका प्रत्यासी उमेश मोक्तान समूहले नयाँ वर्षको कार्यक्रम गर्न नदिने चेताबनी दिएका छन् । सो समूहको माग पहिला विशेष साधारणसभा गर्नुपर्छ भन्ने थियो । एसोसिएसनले विशेष साधारणसभा बोलाइसकेको सन्दर्भमा फेरि पूर्व घोषित कार्यक्रम नगर्न दवाव दिनु र आक्रमणको धम्की समेत दिनु अत्यन्त अमर्यादित र निन्दनीय काम हो । बेलायत जस्तो सभ्य समाजमा बसेर नेपालीहरुको हीतमा चिन्ता र चासो राख्नुको साटो खुट्टा तान्न मरिहत्ते गरेको देख्दा तमाम नेपालीको शिर निहुरिएको छ । मानिसको कार्यक्रम गर्ने र स्वतन्त्र रुममा बाँच्न पाउने अधिकार माथि बेलायत जस्तो सभ्य समाजमा कुन्ठित गर्नु कदापि स≈य कुरा होइन ।
यस्ता धम्की र अस्वस्थ प्रतिस्पर्धाका घटना अन्य संस्थामा पनि आउन सक्छन् । यस घटनाले बुढी मरी भन्दा पनि काल पल्कियो भन्नेमा सबै नेपाली चिन्तित भएका छन् । त्यसैले संस्थाको काममा तगारो हाल्न खोज्ने जमातको पहिचान बेलायतबासी नेपालीले समयमै गर्नुपर्ने देखिन्छ । अनिमात्र नेपालीको एकता तथा समुन्नति सुनिश्चित हुन सक्छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment