Tuesday, 14 April 2009
मैले भनेको होईन: रामशरण
वेलायतबाट प्रकाशित एभरेष्ट टाइम्सको अंक २९ बिहीबार चैत २०६५ मा यति विवाद समाधानका पहलहरु भन्ने समाचारमा बेलायतमा कर्यरत पत्रकार तथा अन्य व्यक्तिका सम्बन्धमा आफुले भन्दै नभनेको कुरालाई काल्पनिक तथा कपोलकल्पित बनाएर समाचार प्रकाशित भएको ने क पा एमाले वेलायतका उपसचिब रामशरण सिंखडाले जनाएका छन ।
नेपाल बृटेन डटकमसँग सो समाचारका बारेमा प्रतिक्रिया दिंदै, यति एसोसियसनमा हाल देखिएको गतिरोधको अन्त्य गर्न आफ्नो पहलमा अपि्रल ४ तारिक शोएसिया सलाउमा बैठक बसेको हो । एसोसियसनका तर्फबाट दुई जना प्रतिनिधि मुख्यतः अध्यक्ष र बरिष्ट उपाध्यक्ष आउँदा राम्रो हुन्छ भनेको हो तर अरु कसैका बारे मैले बोलेको होइन । यति विवादमा म पहिलेदेखि नै टाढा बस्दै आएको छु । चुनावको बेलामा पनि म कसैको पक्षमा लागिन तर चुनावपछि देखिएको विवादलाई एक निचोडमा पुर्याउँ भन्ने उद्देश्यले पहल गरिएको हो । कसैको व्यक्तिगत आचरणमा आँच पुराउने र मर्यादामा दाग लाग्ने हिसाबले मैले बोलेको छैन । जसले मैले बोलेको भनेर दियो त्यो भ्रामक कुरा हो । एभरेष्ट टाइम्स जस्तो पत्रिकाले पनि समाचार प्रकाशित गर्दा ध्यान दिनुपर्ने हो ।
स्मरणीय रहोस् यति एसोसियसन यूकेको २३ औं कार्यसमितिको निर्वाचनका प्रत्यसी उमेश मोक्तान ने क पा एमाले समर्थक सदस्य हुन भने सिंखडाले यति नेपाली एसोसियसनको निर्वाचनमा चिरञ्जीबी ढकाललाई अध्यक्षको उम्मेद्वार बनाउन हुँदैन भन्ने पक्षमा लागेका थिए ।
यस अघि बेलायतमा बिभिन्न मिडियामा कार्यरत संचारकर्मीहरुको दोस्रो भेलाले वेलायतबाट प्रकाशित एभरेष्ट टाइम्सको अंक २९ बिहीबार चैत्र २०६५ मा यति एसोसियसनक यूके सम्बन्धमा प्रकाशित समाचारले संचाकर्मी माथिको हमला ठहर गर्दै दुख ब्यक्त गरेको थियो । सो समाचारप्रति संचारकर्मी र अन्य ब्यक्तिहरुको ब्यक्तिहगत अचारणमा आच पुग्न गएकोमा एभरेष्ट टाइम्सका सम्पादक शशी पौडेलले क्षमायाचना गर्दै सम्पादकीय गल्ती भएको स्वीकार्नु भएको थियो ।
यस अघि एभरेष्ट टाइम्सले यति विवाद समाधानका पहलहरु शीर्षकमा आत्मकथा प्रकाशित गर्दै पत्रकार चिरन शर्मा, समाजसेवी कृष्ण भटट् तथा यति एसोसियसन यूकेका महासचिब राजेन्द्र पुडासैनीको व्यक्तित्व प्रति आच आउने गरी समाचार प्रकाशित गरेको थियो ।
