
मार्च ८ तारिक बेलायत स्थित नेपाली दुतावासमा एनआरएन बेलायतको आयोजनामा संबिधान सुझाब संकलनको काम हुदै थियो । कार्यक्रम शुरु हुनु भन्दा अगाडि म आगन्तुकहरुसंग कुराकानी गरिरहेको थियो । यसै वेला पत्रकार बुद्ध वरालीसगं नेपाल बृटेन डट कमका बारेमा कुराकानी गर्दै थिए । त्यही क्रममा एक जना महासय आउनु भयो र अचाकन एनआरएन फ्रान्सले गरेको महिलाको भेलाको बारेमा कुरा थाल्नु भयो । मैले उहालाई पहिलो पटक भेटेको थिए । उहाको मुठ हेर्दा नै एनआरएन प्रति सकरात्मक थिएन र उहाले ठाडो ठाडो भाषामा पुरुष एनआरएनले देश बिकास गरि सक्यो ? अब महिला एनआरएनको भेला ? हहहह गर्दै हासी रहनु भएको थियो । नाम मलाई याद भएन । मैले एनआरएनले नेपालमा बिभिन्न स्थानमा गरेको लगानीहरुका थुप्रै उदाहरण जस्तै हाइड्रो, स्कुल, अस्पताल, च्यारीटि, बाढी पिडीतलाई सहयोग, स्कील ट्रान्फर लगायतका थेरै उदाहरण दिए तर उहालाई मैले सकरात्क बनाउन सकिन । उहांको भनाई थियो एनआरएन भन्ने संस्थाले के गरयो त ? भनेर एनआरएन प्रति खनिएको खनिएइ गर्नु भयो । मैले एनआरएन संस्थाले लगानी गर्दै यो अभियानको र यो सफलताकको शिखरमा छ भनेर दावी गरे । मेरो केहि सिप लागेन । फेरी उहांले फ्रान्समा भएको महिला भेला कै औचित्य बारेमा प्रश्न गर्नु भयो । कुनै पनि हालतमा उहाले एनआरएनको राम्रो कुरा उहा सुन्नै नचाहाने मान्छे जस्तो लाग्यो मलाई । हेर्दा पढे लेखे जस्तो भलाद्मी मान्छे एकोहोरी बोल्या बोल्यै अनि मैले सोधे कति भयो बेलायत आएको । उहाले भन्नु भयो ६ महिना । अनि मैले थाहा पाए खाटी कुरा बिचार ६ महिना अगाडि बेलायत छिरेको मान्छे दुताबासमा पहिलो पटक एनआरएनको कार्यक्रममा आएका अनी के बुझुन उनले एनआरएनको अभियान । उनीसगं वकबास कुरा गर्न भन्दा बरु यो तस्वीर लिन्छु भनेर मेरो क्यामरामा यो फूललाई कैद गरे । मैले यस अघि दुतावासमा जाद यस्तो हराभराको यद गरेको थिइन । दुतावास अगाडि निकै राम्रो गार्डेन थियो । फूलको हराभारा थियो । तर शौचालयमा भने मानिसहरुको लामो लाइन थियो । शौचालयमा टुवाइलेट पेपेर नहुने, फोहोर हुने , बगैचामा फोहोर हुने थुप्रै, कर्मचारीले काम ढिला गर्ने, दुख दिने जस्ता थुप्रै आलोचना खेप्दै आएको छ दुतावासले तर यस पालि कहि सुधार भएको थियो । धेरैले राजा बिरेन्द्रका तस्विरलाई निकै रोचकका रुपमा हेरेका थिए तर म भने राजा ज्ञानेन्द्रको तस्विर कुना कुनामा खोजेको थिए किनकी यो पनि समाचार बन्न सक्छ भनेर । हेर्दै जादा प्रसासन शाखको देव्रे कुनामा राजा ज्ञानेन्द्रको तस्विर देखे तर त्यो मासिक क्यालेण्डरको भएकोले तस्वीर लिइन । अब दुताबासमा गए भने कर्मचारीले भित्र जान नदिने पो हुन की के थाहा ?
yo nepali embassy ko ex king lai chakadi garni tarika ho or laparbai ho ?
ReplyDeletei like your blog pls do write and let peope to know what our embassy stuff doing in london
ReplyDeleteit was really shame
ReplyDeleteDear chiran dai thank u very much for letting us know about Our Ebbassy CHALA what the hell they doing ex king TASBIR should be remove from Embassy
ReplyDelete