Wednesday, 25 March 2009

वेलायत कांग्रेस चक्रब्यू-२, विषयः राजीनामा बारे

श्रीमान सभापतिज्यू, नेपाली जनसम्पर्क समिति बेलायत- उपर्युक्त सम्बन्धमा नेपाली जनसम्पर्क समिति बेलायतको आगामी जुन २० तारिकमा हुने दोस्रो अधिवेशनको पूर्वसन्ध्यामा मलाई समितिको विधान निर्माण समितिको गरिमामय जिम्मेवारी सुम्पिनुभएकोमा सर्वप्रथम हार्दिक धन्यवाद दिन चाहन्छु । साथै समितिमा ल्याउन प्रस्ताव गर्ने विधान समितिका संयोजक सीवजी श्रेष्ठप्रति कृतज्ञाता व्यक्त गर्दछु । म हाल बेलायतको सबैभन्दा ठूलो तथा गरिमामय संस्था यति नेपाली संस्थाको प्रकाशन सचिवका रुपमा क्रियाशील रहेको अवगतै होला । साथै नेपाली जनसम्र्पक समिति बेलायतको आर्थिक समिति संयोजक चिरञ्जीवी ढकाल यति नेपाली एसोसियसनको सभापति हुनु नेपाली जनसम्र्पक समितिको गर्वको कुरा हो । गत हप्ता वेलायतबाट प्रकाशित नेपाली साप्ताहिक पत्रपत्रिकामा आएको समाचारअनुसार समितिको आर्थिक विभाग प्रमुख चिञ्नजीवी ढकालले नेतृत्व गरेको र विधान समितिको सदस्य लगायत बहुमत प्रजातन्त्रवादी साथीहरु रहेको संस्थालाई विभाजन गर्ने अभिप्रायले विधान समितिका संयोजक तथा विधान समितिका केही सदस्यहरुले हस्ताक्षर गरेको समाचारले म स्तब्ध भएको छु । विधान समितिका सदस्यहरु निश्पक्ष र स्वतन्त्र हुनु पर्नेमा आफ्नै साथीहरुका विरुद्ध अभियान चलाएको हुादा एउटै समितिमा बसेर काम गर्न नीतिगत अप्ठ्यारो हुने मैले महसुस गरेको छु । जुनसुकै संघ सस्थाको विधान निर्माण गर्दा स्वतन्त्र र निष्पक्ष व्यक्तिहरुबाट मात्र हुनुपर्छ भन्ने मेरो धारणा छ । त्यसैले कुनै पनि समुह, गुट वा उपगुटको नेतृत्व गरी हिड्ने व्यक्तिहरुको समुहबाट बन्ने विधान कदापी निष्पक्ष बन्न सक्दैन भन्ने मेरो ठहर छ । अत नेपाली जनसम्र्पक समिति बेलायतको बिधानलाई स्वतन्त्र र निश्पक्ष बनाउन विवादमा नआएका र नेपाली जनसम्पर्क समिति बेलायतलाई उत्कृष्ट योगदान पुराएका योग्य व्यक्तिहरु विधान समितिमा राख्न माग गर्दै यो राजीनामा पेश गरेको छु । अन्त्यमा, बेलायतको सबै भन्दा पुरानो संस्था यति नेपाली एसोसियसनमा हाल देखिएको असमजदारीलाई स्वयं जनसम्र्पक समितिले मिलाउनुको सट्टा सो समितिकै नेतृत्वमा आर्थिक विभाग प्रमुख चिरञ्जीवी ढकालले नेतृत्व गरेको संस्थालाई विभाजनमा लानु कुनै पनि हालतमा राजनीतिक चरित्र हुन सक्दैन । त्यसैले यति एसोसियसन भित्रको अन्तरिक मामिलाबाट जनसम्र्पक समिति टाढा रहन आग्रह गर्दछु । चिरन शर्मा विधान समिति, सदस्य तथा प्रकाशन सचिव, यति नेपाली एसोसियसन बेलायत बोधार्थ गिरीजाप्रसाद कोइराला, सभापति नेपाली कांग्रेस केन्द्रीय कार्यालय रामचन्द्र पौडेल, उपसभापति नेपाली कांग्रेस केन्द्रीय कार्यालय सुजाता कोइराला, विदेश विभाग, नेपाली कांग्रेस केन्द्रीय कार्यालय चिरञ्जीवी ढकाल, यति नेपाली एसोसियसन बेलायत डा सम्पूणानन्द ढुगाँना, पूर्व सल्लाहकार जनसम्पर्क समिति बेलायत पुरुषोत्तम पौडेल, पूर्व सभापति नेपाली जनसम्पर्क समिति

No comments:

Post a Comment