यो हप्ता मेरो मेरो होलिडे छ । सके सम्म यो सयमलाई परिवार र ब्यक्तिगत काममा मात्र बिताउने मेरो योजना थियो । नेपाल बृटेनलाई कम समय दिने र सामाजिक कामका लागि आउने फोन सकेसम्म नउठाउने मेरो योजना थियो । यो योजना एक एक होलिडे सगै चौपट भयो । एक त नेपाली जनसम्पर्क समिति बेलायतले बिधान समितिमा दिएको जिम्मेवारी र दोस्रो यति नेपाली एसोसियसनमा साधारण सभामाग भन्ने पत्रपत्रिकाका समाचारका बारेमा यतिमा प्रकाशन सचिब भएकोले त्यसको बारेले अध्ययन गरि आगामी बैठकमा लैजाने कुराहरुको तयार पार्ने मेरो नैतिक जिम्मेवारी थियो । र अर्कौ आगामी जुनमा हुने जनसम्पर्क समितिको बिधान समितिमा सहयोगको लागि गरेको अग्रह दुवै कारणले होलिडे भने जस्तो नहुने भयो । यति एसोसियसनको सन्दर्भ अर्कौ दिन लेख्ने छु । आज जनसम्पर्क समितिको बारेमा लेख्न मन लाग्यो । जनसम्पर्क समिति भित्र थुप्रै गुठ र उपगुठ छन । एकले अर्कालाई मान्ने र अर्काको कुरा सुन्ने नैतिक शक्ति कसैमा छैन । यस्तै यस्तै हुदा मलाई बिधान समितिमा मनोनित गरेको इमेल आयो मैले त्यसको जवाफ दिइन र संयोजक सीबजी श्रेष्ठलाई मैखिक रुपमा पुर्ण सहयोग गर्ने बचन दिएको छु त्यस प्रति म कटिबद्ध छु । मलाई कार्यसमितिले मनोनित नगरे पनि संयोजकको अनुरोधमा समितिमा ल्याएको थियो । म समितिमा भए पनि नभए पनि काम गर्ने तरिका एउटै हो । म समितिमा भए धेरै काम गर्ने र नभए नगर्ने भन्ने छैन । म जनसम्र्पक समितिको कुनै पनि पद लिएर काम गर्न चाहान्न र भविष्यमा पनि म कुनै पदमा आउदिन । सहयोग वा काम जे भए पनि समय परिस्थीति हेरेर मनले खाएमा मात्र गर्ने हो । वाताबरण नभएमा कुनै बाध्यता छैन । संयोजकले मलाई रिडगंबाट सुझाब संकलन गर्ने जिम्मेवारी दिनु भयो । त्यसको लागि म उहां प्रति आभारी छु तर मलाई एउटा कुरा पटक्कै मन के परेन भने रेडिगंमा जनसम्र्पक समितिको क्षेत्रिय समिति छ , किर्ति बिलास पंन्त र बिश्व आर्दश पंडित दाई जस्ता अग्रहहरुको अगुवाईमा हुने सुभाव संकलन र मेरो अगुवाईमा हुने सुझाब संकलन आकास पातलको फरक हुन्छ र म लण्डन देखि रेडिगं जान सक्ने समय पनि थिएन । मलाई उहांहरुको अगाडि गएर सुझाव संकलन गर्न नैतिक शक्ति आएन र मैले नजाने निर्णय गरेर इमेल लेखे । त्यही सन्दर्भमा इमेलमा विश्वदाई प्रति केहिले अपमानीत तरिककाबाट इमेल गरेको देखीयो । यो पनि मलाई मन परेन । मेरो कारणले बिश्वदाईले अपमान सहन परेको भए म ब्यक्तिगत रुपमा उहा प्रति क्षमा याचना गर्दछु । कमसेकम चित्त नबुझेको कुरा नरम र सभ्य तरिकाले लेख्दा राम्रो हुने थियो । बिधान समितिको बैठकमा नजाने मेरो निर्णय एक ब्यक्तिगत र अर्को नितिगत कारण थियो । यो कुरा मैलले संयोजकलाई प्रष्ट भनेको थिए तर उहा पनि खुराफातको चक्रब्युमा फसेको देखियो । हामीले सिगो बेलालयत काग्रेसको नेतृत्व लिने र सबैको सर्मथन लिएर अगाडि बढ्नु पर्नेमा समाज फुटाउने तत्वहरुको नेता बनेर हस्ताक्षर गर्दै हिडेको पनि मेरो मनले मानेन । समाजलाई नेतृत्व दिने र समाजको फुट्न नदिन लाग्नु पर्ने मान्छेले यतिको साधारण सभा माग गर्दै हल्लाको भरमा लागेको देखेर केहि बिधान समितिमा रहेका साथिहरु प्रति मेरो दाया लाग्यो । अहिले यति नेपाली एसोसियसनमा देखिएको बिवाद गर्ने समाज बिभाज तिर धकल्ने प्रयास भै रहेको छ । यसको नेतृत्व नेपाली जनसम्पर्क समितिले गरेको प्रस्ट छ । यति नेपाली एसोसियसन यूकेका अध्यक्ष जनसम्पर्क समितिका आर्थिक बिभाग प्रमुख हुनुहुन्छ तर उहांको नेतृत्वको बिरुद्धमा जनसम्पर्क समिति नै लागेको छ र कम्युनिष्टहरु रामलिला हेरेर हासेर बसेको हुनु पर्छ । त्यो जनसम्पर्क समितिका साथीहरुमा अक्कल छैन वा उनीहरु कांग्रेस भन्दा कम्युनिष्टलाई नजिक ठान्छन । यहा मलाई एक कथाको याद आयो , एक घरको कोठा भित्र गौथलिको गुड थियो रे त्यो गौथलि सधै सुत्ने बिस्तारमा फोहोर गर्दौ रहने छ । त्यो कुरा घरमालिकलाई मन परेनछ । गौथलि प्रति निकै रिस उठेछ । गौथलीको गुडलाई हटाउनुको सट्टा उसले गौथली गुडमा बसेको बेला पुरै घरमा आयो लगाएर अब कहा जाला गौथलि भनेर आगनमा गएर नाचेर बसे छ । उसलाई घरको के चिन्ता कमसेकम गौथली त मरयो नी ? अहिले बेलायतमा रहेका कांग्रेसहरु घरमा आगो लगाएर पत्रपत्रिकमा नाग्गो नृत्य देखाएका छन । बाकी भाग -२ मा
Thursday, 19 March 2009
वेलायत कांग्रेस चक्रब्यू-१

Subscribe to:
Post Comments (Atom)

This is real Story ....
ReplyDelete