Sunday, 15 March 2009

डा महतोको उपस्थितीमा रहस्यमय घोषणा

एनआरएनको चौथो गोलोवल सम्मेलन आउन झण्डै ६ महिना बाकी हुदा हुदै वर्तमान एनआरएन उपाध्यक्ष राम प्रताप थापाले भावि अध्यक्षको लागि उम्मेद्धारी घोषणा गर्नु भएको छ । गत हप्ता फ्रान्समा सम्पन्न एनआरएन महिलाहरुको सम्मेलनमा वर्तमान अध्यक्ष डा उपेन्द्र महतोको पनि उपस्थिती थियो । मैले जान्न चाहेको कुरा के भने राम थापाले आफ्नो उम्मेद्धारी घोषण गर्दा डा महतोलाई अवश्य सोध्नु भए होला । अनि डा महतोले पनि हुन्न त अवश्य भन्नु भएन होला ? किन राम थापाले डा महतोको उपस्थितीमा घोषणा गर्नु भए होला ? के अब डा महतोले आफ्नो समर्थन थापालाई दिनु भएको होला त ? कार्यक्रमको प्रकृति हेर्दा डा महतोको पुर्ण सर्मथन देखिएको छ किनकी राम थापाले आआफ्नो घोषणा गर्दा डा महतोले तलीबजाएर सर्मथन गरि रहनु भएको थियो । त्यसैले यसमा कुनै दुबिधा नहोला तर फा्रन्स गरिएको घोषणाले जापानमा भुकम्प गयो भन्ने हल्ला छ । किन एकाएक थापाको घोषणा आए होला त्यही पनि डा महतोको उपस्थितीमा यो रहस्यमय छैन त ?

3 comments: