प्रोफेसर सुर्य सुवेदीद्धारा राजीनामा
गैरआवासीय नेपाली सघं अन्तराष्ट्रिय परिषदको सल्लाहाकारबाट प्रोफेसर सुर्य सुवेदीले राजिनामा दिएका छन । गैरआवासीय नेपाली सघं अन्तराष्टिय परिषद र प्रोफेशर सुवेदी बिच दोहोरो नागरिकताको मुद्धामा नितिगत असहमति भए पछि राजिनामा दिएको बुझिएको छ ।
प्रो सुवेदी पुर्ण अधिकार सहितको दोहोरो नागरिकताका पक्षमा छन भने एनआरएन अन्तराष्ट्रिय परिषद आंशिक अधिकार सहितको दोहोरो नागरिकताको पक्षमा छ । गत महिना प्रोफेसर सुबेदी नेतृत्वमा गएको एक उच्च स्तरीय टोलीले प्रधानमन्त्री, सभामुख लागएत विशिष्ठ ब्यक्तिहरुलाई भेटेर नंया संबिधानमा पुर्ण अधिकार सहितको दोहोरो नागरिकताको माग गरेको थियो । वर्तमान अध्यक्ष देवमान हिराचनले उक्त माग एनआरएनएको निति बिपरित भएको र भविष्यमा संघको निति बिपरित नबोल्न चेतावनी दिएर प्रोफेसर सुवेदीलाई पत्राचार गरे पछि समस्या उत्पन्न भएको बुझिएको छ ।
यता एनआरएन यूकेले सुवेदीले गरेको कामलाई उच्च सम्मान गर्दै धन्यबाद समेत दिएको छ र हिराचनको प्रतिकृया प्रती आक्रोशित भएको छ। एनआरएन यूकेले एक भेला गरी पुर्ण अधिकार सहितको नागरिकताको पक्षमा लविङ गर्न सुवेदीलाई नेपाल पठाउने निर्णय गरेको थियो। सुवेदी सहितको प्रतिनिधी मण्डलले गत महिना उच्च नेताहरुसगं भएको भेटघाट दोहोरो नागरिकताको मागमा कोशे ढुङ्गा सावित भएको ठहर गर्दै पूर्ण अधिकार सहितको नागरिकताको पक्षमा संघर्ष जारी राख्ने गर्ने बुझिएको छ।
एनआरएनको स्थापना काल प्रमुख भूमिका खेल्दै आउनु भएका अन्तर्राष्ट्रिय व्यक्तित्व सुवेदीको राजिनामा प्रती एनआरएन अध्यक्ष मौन रहेकोमा दु:ख व्यक्त गर्दै उहाँलाई एनआरएनबाट अलग नराख्न जोडदार माग गर्ने एक सुत्रले जनाएको छ।
एनआरएनबाट उच्च व्यक्तित्व राजिनामा आएको यो पहिलो घटना हो । सुवेदीले एनआरएन स्थापनाको अवधारणापत्र र विधान तयार गर्नु भएको र स्थापना काल देखी सल्लाहकार रहदै आउनु भएको थियो।
यस अघि प्रोफेर सुवेदीले दोहोरो नागरिकता सम्बन्धमा लेखेको लेखः http://www.nepalbritain.com/contents.php?q=cd612de6901d034d73d80985338ac62e4
Friday, 5 February 2010
Tuesday, 26 January 2010
श्रद्धाको कमाल
वेलायतको सबै भन्दा ठुलो मानिएको आइ टिभी अवार्डमा श्रद्धा भण्डारीले आफ्नो नृत्य प्रर्दशन गर्ने अवसर प्राप्त गरिन । आइटिभीको आयोजनामा गत हप्ता सम्पन्न नेस्नल अवार्ड २०१० वितरण बिषेश समारोहमा उनले आफ्नो नृत्य प्रर्दशन गरेकी थिइन । सो समारोहमा बेलायतका चर्चित कलाकारहरुलाई बिभिन्न शिर्षकमा अवार्ड प्रदान गरिएको थियो । वेलायतको टेलिभिजन अवार्डमा आफ्नो कला प्रर्दशन गर्ने श्रद्धा पहिलो नेपाली हुन । उनी एनआरएनएका केन्दि्य सदस्य शंकर भण्डारीकी छोरी हुन ।
Tuesday, 28 July 2009
बाबुराम तेस्रो वरियतामा
एकीकृत माओवादीको बहुपदीय प्रणालीमा जाने सैद्धान्तिक सहमतिसँगै तेस्रो वरियता बाबुराम भट्टराईले लिने सहमति भएको छ । बिहान भएको सहमतिसँगै केन्द्रीय समितिमा प्रस्ताव लाने तयारीका लागि मंगलबार २ बजेदेखि सचिवालयको बैठक अध्यक्ष पुष्पकमल दाहाल निवास नयाँ बजारमा सुरु भएको छ ।
बिहान सात पदाधिकारी राख्ने अनौपचारिक सहमतिसँगै नारायणकाजी श्रेष्ठको वरियता चौथो हुने भएको छ । वरियता लिने विवाद कायमै रहेपछि आइतबर र सोमबारको सचिवालय बैठक बिनानिष्कर्ष टुंगिएको थियो ।
सचिवालयले जिम्मेवारी बाँडफाँटसँगै पार्टीको कार्यदिशा तय गरी जारी केन्द्रीय समितिको बैठकमा प्रस्ताव गर्नेछ । 'कार्य विभाजनबारे छलफल भएको छ । टुंगिएको छैन', नारायणकाजी श्रेष्ठले नागरिकसित भने- कसैको चित्त नदुखाई असहमति नराखेर कार्यविभाजन हुन्छ ।
अध्यक्ष दाहाल वरिष्ठ र उपाध्यक्षमा मोहन वैद्य सर्वसम्मत भए पनि तेस्रो वरियतामा भट्टराई र श्रेष्ठले दाबी गरेपछि विवाद अल्झिएको थियो । बिहान भएको अनौपचारिक छलफलमा अन्य दुई उपाध्यक्षमा भट्टराई र श्रेष्ठ तथा महासचिवमा रामबहादुर थापालाई केन्द्रीय समितिको बैठकमा प्रेस गर्ने सहमति भएको छ ।
सचिवमा सीपी गजुरेल र पोष्टबहादुर बोगटी रहने भएका छन् । अमिक शेरचनलाई कोषाध्यक्ष प्रस्ताव गरिए पनि उनले नमानेको सचिवालय स्रोतले बतायो । कार्यदिशा तय गर्न प्रतिवेदनमा थपघट गर्ने भनी बैठक लम्बिएको दाबी गरिए पनि वरियता क्रममा विवाद अल्झिएको छ । वरियता मिलाउनेबारे संविधानसभामै उनीहरुबीच विवाद भएको थियो । पार्टी एकीकरणपछि भट्टराईलाई हटाएर श्रेष्ठ संसदीय दलको उपनेता भएका थिए ।
श्रेष्ठ उपनेता बने पनि संविधानसभामा बस्ने क्रममा दाहालपछि भट्टराई बस्ने सहमति भएको छ । पार्टी एकीकरणपछि बसेको दोस्रो केन्द्रीय समितिको जारी बैठक जनविद्रोहलाई कसरी समायोजन गर्ने भन्ने विषयमा विवाद देखिएको छ । केन्द्रीय समितिको बैठक सात दिनयता स्थगन भएको छ ।
Monday, 27 July 2009
पासा पुच बेल्जियमको पिकनिक कार्यक्रमको आयोजना
नेवारी भाषाको जगर्नेा नेवारी संक्कृतिको प्रवद्धन तथा निरन्तरता दिने अभ्रि्रायले बेल्जियममा पनि पासा पुच बेल्जियमको स्थापना भएको हो । आफ्नो स्थापना काल देखि नै विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको यस संस्थाले विशेष गरेर नेवा संस्कृति नया पुस्तालाई जान पहिचान गराउने उद्धेश्यले विभिन्न कार्यक्रमहरुको आयोजना गर्दे आईरहेको छ । यसै शिलशिलामा यस संंस्थाले मिति ०९ अगष्ट २००९ का दिन बेल्जियमको आन्त्रोपेनशहर नजिकैको लिंकरोभर भन्ने स्थानमा पिकनिक कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रम पासा पुच बेल्जियमले आयोजना गरेको भए पनि सम्पर्ुण्ा बेल्जियमबासी दाजुभाई तथा दिदीबहिनीहरुलाई सहभागिता खुल्ला गरिएको उक्त समितिका महासचिव श्री योगेन्द्र श्रेष्ठले जनाउनु भएको छ । साथै उक्त समितिले जनाए अनुसार उक्त कार्यक्रम अन्तरगत मनोरन्जनात्मक तथा स्मरण शक्ति प्रतियोगितको आयोजना गरिने र उत्कृष्ट समुह वा व्याक्तीलाई पुरस्कारको समेत व्वस्था गरिएको छ । साथै अन्य जानकारीको लागि यस समितिका पदाधिकारीहरुलाई र्सर्ंपक गर्न को लागि अनुरोध गरिएको छ ।
प्रधानसम्पादकलाई ज्यान मार्ने धम्कीप्रति सेहुडेसको ध्यानाकर्षण
बेलायतस्थित नेपाली सञ्चारमाध्यम नेपाल बि्रटेन डटकमका प्रधान सम्पादक चिरन शर्मामाथि ज्यान मार्ने धम्कीप्रति काठमाडौंस्थित मानवअधिकार र प्रजातन्त्र अध्ययन केन्द्र (सेहुडेस)को गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सेहुडेस स्वतन्त्र पे्रसप्रति अनुगमन गर्ने स्वतन्त्र गैरसरकारी संस्था हो ।
यति एसोसियनको साधारणसभामा भएको घटनाको समाचार सम्पे्रषण र भिडियो फुटेज प्रशारण गरेको अभियोगमा त्यस्तो ज्यान मार्ने धम्की आएको बताइएको छ । साधारणसभामा उमेश मोक्तानले नेतृत्व गरेको समूहले धम्की दिएको आशंका गरिएको छ ।
प्रधान सम्पादकले शर्माले बताएअनुसार ज्यान लिने धम्की नियतिम आउने गरेको छ । बेलयाती प्रहरी घटनाको छानबिन गरिरहेको छ । धम्कीको रेकर्डसमेत प्रहरीले आप\mनो नियन्त्रणमा लिएको छ ।
प्रधान सम्पादकलाई ज्यानमार्ने धम्कीप्रति सेहुडेसको ध्यानकर्षण भएको छ । स्वतन्त्र पे्रसको घाँटी निमोठ्ने घटना भएको सेहुडेसको ठहर छ । घटनामा संलग्नप्रति कारबाही होस् भन्ने सेहुडेस माग गर्दछ ।
बेलायतका तिन पार्टीद्धारा यती घट्नाको निन्दा
जूलाई १९ तारिक २००९ का दिन बेलायतको सबै भन्दा पुरानो यती नेपाली एसोसियसनको बिषेश साधारण सभामा भएको घट्नाप्रति हाम्रो ध्यान आर्कषण भएको छ ।
बेलायत जस्तो सभ्य समाजमा बसेर स्वस्थ प्रतिसपर्धा र मर्यार्दित तरिकाले आफ्ना गतिविधी संचालन गर्नुको सट्टा हुलहुज्जत गर्नु र एक अर्का प्रति हात हालाहालको स्थिती हुन कुनै पनि सभ्य समाजका लागि सह्य कुरा होइन ।
यस्ता गतिबिधीले बिश्व भरि छरिएका नेपालीहरुको लागि शुखद समाचार होइन । बेलायत जस्तो बिकसित देशमा रहेर पनि यस्तो गतिबिधी हुनु जो कसैका लागि पनि राम्रो कुरा होइन । घट्ना जसले जुन कारणले घटाए पनि यो सभ्य समाज माथि भएको हमला हो भन्ने हाम्रो ठहर छ । जुनसुकै समस्याको समाधान सघं संस्थाको बिधी र बिधानमा रहि सहमति र बार्ता कै आधार हुने हुदा दुबै पक्ष बिच बार्ता गरि सहमतिको बिन्दु पत्तालागाउन हामी जोडदार माग गर्दछौ ।
यस्ता खाले सामाजिक बिकृतिलाई तत्तकाल निरुसाहित गर्न समस्त बेलायतबासी नेपालीहरुलाई आब्हान गर्दछौ । साथै यसै बिषयलाई लिएर नेपालीहरुलाई सूचनाको सेवामा अनवरतरुपमा लागि पर्दै आएका संचारकर्मी माथि पनि ज्यानै लिने सम्मको धम्की आउनु अत्यन्त निन्दनिय र खेदजनक क्रियाकलाप हो ।
प्रेस स्वतन्त्रता माथिको नागंगो हस्तक्षेपको घोर निन्दा गर्दछौ यस्ता अमानबिय क्रियालापको विरुद्ध बेलायतमा रहेका सम्पुर्ण संघ सस्था बुद्धिजिबी समाजसेवी संचारकर्मी एक ढिक्का हुन हार्दिक आब्हान गर्दछौ । साथै घट्नाको सत्य तथ्य पक्षलगाई देषी माथि कार्यबाहीको माग गर्दछौ ।
रण बहादुर केसी
संयोजक, दोस्रो केन्द्रिय सम्मेलन तयारी समिति
नेपाली समाज यूके
लोक गुरुग दिनेश घिमीरे
सभापति अध्यक्ष
नेपाली जनसम्पर्क समिति, बेलायत नेपाली लोकतान्त्रिक मंच युके
Friday, 17 July 2009
मगर राष्ट्रीय मुक्ति मोर्चा प्रवाश साखां बेल्जियमको प्रथम अधिवेशन सम्पन्न
दधिराज घिमिरे
बेल्जियम
एकीकृत नेकपा माओबादीका केन्दि्रय सदस्य मगरांत राष्ट्रीय मुक्ति मोर्चाका केन्दि्रय अध्यक्ष तथा सभासद क. सन्तोस बुढा मगरको प्रमुख अतिथ्यमा मगर राष्ट्रीय मुक्ति मोर्चा प्रवाश साखा बेल्जियमको प्रथम अधिवेशन क. सन्तोस बुढा मगरले दिप प्रज्वलन गरी उद्यघाटन गर्नु भएको थियो । लगभग पांच सय जनसमुदायकोे उपस्थीती भएको उक्त अधिवेशनलाई संबोधन गर्ने क्रममा क. सन्तोस बुढा मगरले भन्नु भयो मगारात राष्ट्रीय मुक्ति मोर्चाले प्रवासमा रहेका मगरहरुलाई गोलबन्द गर्ने उद्येस्यका साथ प्रवास साखा खोल्ने निर्णय भए बमोजिम सबै भन्दा पहिला बेल्जियममा बिस्तार भएकोमा यसले आफुर संपुर्ण जातिय मुक्तिका पक्षधरहरुलाई हौसला बढाएको छ भन्नु भयोे । नेपालमा जातियता तथा क्षत्रियताको आधारमा संघियताको बारेमा स्पष्ट धाराण र अडान नेकपा माओबादीले मात्र लिएकोले नेपालका संपुर्ण उत्पिडीत बर्ग नेकपा माआबादीले लिएको बिचार र उद्येस्यमा गोलबन्द भएका छन भन्नु भयो । बिगत देखीनै मगर जातीलाई राज्यले लहुरेकोरुपमा मात्रै हेर्ने गरेकोले मगरहरु राज्यको कुनै पनि अङ्गको नेतृत्वमा नपुगेको बताउनु भयो । संवोधनकै क्रममा उहाले अहीलेको सरकार बैदेशीक इसारमा बनेको हुदंा यो सरकारले नेपालीहरुको कुनै पनि समस्यको हल गर्न नसक्ने ठोकुवा समेत गर्नु भयो । नेकपा एकीकृत माओबादीले अगाडी सारेको राष्ट्रीय संयूक्त सरकारको निर्माणले नेपाली जनताको शान्ति प्रतिको चाहानालाई पुर्णता दीन सक्ने छ भन्नु भयो । साथै वाहाले बेल्जियममा सामाजिक कार्य गर्ने उद्येस्यका साथ निर्माण भएका मगर सगठनले पनि नेपाली जनताको हित र प्रगतीको चाहाना गर्ने हुनाले र यो मोर्चाको पनि त्यही लक्ष्य प्राप्तीकालागी षघर्सरत भएको हुनाले एकै रथका दुई पागं्रा हुन भन्नु भयो । सामाजिक संगठनमा काम गर्ने मगरहरुले आप\mनो अधिकार प्रप्तिकालागी राज्य संग षघर्स गर्न अगाडी बढ्छ भने ति साथिहरुलाई अगाडी बढ्न प्रोत्साहीत गर्नु पर्छ भन्नु भयो । सोही कार्यक्रममा एकीकृत नेकपा माओबादीका केन्दि्रय सल्लाहाकार जनसास्कृतीक महासघका सदस्य तथा सभासद क. खुसीराम पाख्रीनले कार्यक्रममा सुभकामाना दिने क्रममा एकीकृत नेकपा माओबादीले नेपाली जनताको हित र अधिकार र रक्षाकोलागी हीजो दश बर्ष सम्म जनयूद्ध मार्फत नेपाली जनताको हितको लागी लडेको र अहीले पनि जनताको सर्वोचताकोलागी षघंर्सरत रहेकोले जनताको अधिकार सुरक्षीत नहुदा सम्म षघर्स गरी रहने छौं भन्नु भयो । कटुवालको निर्देशन र बिदेशीको ईसारामा चलेको यो कठपुतली सरकार जनताको नजरमा अत्यन्त लाचारी र अबैधानिक भएकोले यो सरकारको औचित्य नभएको बताउनु भयो । त्यसैले हामीहरु यो सरकारको बिरुद्ध सदन र सदनको मोर्चाबाट आन्दोलन गरी रहेका छौं भन्नु भयो । कार्यक्रममा नेपाली जनप्रगतीशिल मचं,बेल्जियमका अध्यक्ष बिष्णु भुजेलले प्रवाशमा रहेर पनि नेपाली जनताले चलाएको नेपाली जनताको मुक्ति आन्दोलनमा प्रवाशमा रहेका संपुर्ण सगंठनहरुले हरतरहले सहयोग गर्नु पर्नेमा जोड दीनु भयो । कार्यक्रममा संबिधान सुझव समिती युरोपका संयोजक सुरेन्द्र भुषाल , मगर राष्ट्रीय मुक्ति मोचा जिल्ला सदस्य तथा यूरोपका ईन्चार्ज बिरमान घर्ति मगर, तमुवान मुक्ति मोर्चा , बेल्जियमका संयोजक गमबहादुर गरुगं , जनसमर्क समितीका अध्यक्ष गगांधर गौतमले अधिवेशन सफलताको शुभकामना दिनु भएको थियो ।
अधिबेशनले संयोजकको प्रतिवेदनलाई पारीत गर्दै कुल बहादुर मगरको अध्यक्षतामा १७ सदसीय कार्य समिती चयन गरेको छ जसमा उपाध्यक्ष दील आले, सचिव नेत्र मगर, सह सचिव राम बहादुर पुुन कोषध्यक्ष यामुना रोक्का मगर, सदस्यहरुमा कल्पान मगर, बिष्णु आले मगर, निसा आले मगर,सोनिया पुन मगर,श्याम बुढा मगर, निमी बुढा मगर, सत्य मान पुन मगर,ललित जुगाली मगर, राम थापा मगर, कृष्ण तिलीजा मगर, केशर बहादुर मुलामी मगर रहनु भएको छ ।
नवनिर्वाचित कार्यसमितीलाई सुभाकामना दीदै एकीकृत नेकपा माओबादीकी केन्दि्रय सदस्य मगरांत राष्ट्रीय मुक्ति मोर्चाकी केन्दि्रय उपाध्यक्ष तथा सभासद क.अन्सारी घर्ती मगरले प्रवाशमा रहेका महीलाहरु बिच अन्तकृया मार्फत नेपालको महिलाहरुको समस्या र भाबी आन्दोलनको बिषयमा छलफल गर्ने प्रस्ताव राख्नु हुदै आप\mनो पार्टीको नेतृत्वमा भएको जनयूद्धम नेपाली महीलामाथि हुने शोषणको बिद्धमा थुप्रै महिला दीदी बहीनीहरुले पुरुष सगै मोर्चामा खटेको र अहीले सदन र सडकको मोर्चामा महीलाको हक अधिकार सुरक्षीत नभए सम्म लडीरहने छांै भन्नु भयो । नवनिवार्चित कार्य समितीलाई कार्य सफलताको शुभकामना दीनुभयो । नेपाली जनजाती सरोकार मचं, यूरोपका अध्यक्ष राम बहादुर गुरुङ्गले नवनिर्वाचित कार्य समितीलाई नेपालको सघिय राज्य निर्माणमा आउन सक्ने चुनौती प्रति सचेत हुदै प्रवाशमा बाट गर्नु पर्ने जस्तो सुकै सघर्षमा अघि बढ्ने छ भन्दै शुभकामना दीनु भयो । कार्यक्रममा अतिथहरुीलाई स्वागत नेत्र मगरले गनर्२ भएको थियो भने मोर्चाका सदस्यहरुले अतिथीहरुलाई खाता ओडाई स्वागत गरीएको थियो । कार्यक्रम मोर्चाका संयोजक कुल बहादुर मगरको अध्यक्षतामा र कार्यक्रमलाई मोर्चाकी सदस्य कल्पना मगरले सचालन गर्नु भएको थियो । कार्यक्रमको लगतै नेपालबाट आउनु भएका जनसास्कृतीक महासघका सदस्य खुसीराम पाख्रीनका नेतृत्वमा कलाकारहरु टेक बाहादुर बाठा मगर, घनु ज्ञड।मी मगर, सरला पुन मगर, त्रिपला पुन मगर, धन बहादुर रोक्का मगर तथा स्थानिय कलाकारहरु गगां शर्मा, जमुना शर्मा, मिलन गुरुङ्ग, रमेस कार्की र सोनिया थनेत साथै बालकलकारहरु चादनी भुजेल अनुस्का आचार्य, सन्ध्या सुबेदी, सुरीची सुबेदी रोसनी केसी द्धरा प्रस्तुत जनसास्कृतीक कार्यक्रम भब्यरुपमा सम्पन्न भएको थियो ।
Subscribe to:
Posts (Atom)
